ताजा अपडेट »

सिमाना बिबादमा गम्भीर बनौं

शुक्रबार, २८ जेठ २०७८, २० : ५१
8 Shares


इतिहासलाई पल्टाउँदै जाने हो भने नेपाल भारतको सिमा बिबाद धेरै पहिलेदेखि नै भेटिन्छ तर,पनि अहिलेसम्म पनि यो बिबादलाई सुल्झाउन नसकेको कारणले नेपाललाइ भारतले हेपाहा प्रवृत्ति देखाएको छ । अहिलेसम्मपनि कसैले त्यो बिबादलाई गम्भीरताका साथ लिएको पाइदैन यो बिवादलाई प्राथमिकता साथ भारतसँग छ्लफल गर्न सक्ने नेतृत्व अहिलेसम्म नेपालले नपाउनु पनि ठूलो दुर्भाग्यपूर्ण छ हो । नेपालले धेरै सामग्रीहरु भारतबाट आयात गर्दै आएको छ । तर, त्यसबाट प्रत्यक्ष रुपमा फाइदा त भारतलाई नै छ । हामीले किनेर ल्याउँदा उसको आर्थिक फाइदा भइरहेको छ ।

देशको नेतृत्वमा पुग्ने मान्छेलाई जबसम्म यो देश मेरो हो,यसको रक्षाका लागि म कुनैपनि बार्गेनिङ गर्नु हँुदैन भनेर निस्वार्थ देशको सेवा गर्नु कर्तव्यबोधको अनुभूति नहुनु खराब नियतका मानिसको हातमा देश्को नेतृत्व हुनु यस्ता धेरै कुरासँग यो विषय जोडिएको हुन्छ । भनिन्छ,असल छिमेकी भएन भने जति प्रयास गर्दापनी कुनै काममा सफलता प्राप्त गर्न सकिँदैन कुनै न कुनै लफडा भै रहन्छ । कालापानी र लिपुलेकसहित नेपाल भारत सिमाका लगभग ७२ ठाउँमा बिबाद छ । नेपाल भारतसँग करिब २६ वटा जिल्लासँग सिमाना जोडिएको छ । २३ भन्दा धेरै जिल्लामा सिमा बिवाद छ । जम्मा ३ वटा जिल्लामा सिमा बिबाद छैन ।

भारतले दार्चुलादेखि ताप्लेजुङसम्म भारतले करिब ६० हजार ६ सय २७ हेक्टर मिचेको अनुमान गरिएको छ । भाइचाराको सम्बन्धको फाइदा उठाउँदै भारतले नेपाललाई भाइमाराको व्यबहार देखाउँदै आएको छ । भूकम्पले थिचेको बेला भारतले नाकाबन्दी लगाएकै हो । कोरोनाले त्रास सृजना गर्दा नेपाली भूमिमा बाटोको उद्घाटन गरेको छ । अनेक बहानामा हामी नेपालीलाई सताउँदै आएको छ जति नेपाली रोजगारीको लागि भारतमा छन त्यतिकै संख्यामा नेपालमा पनि भारतीय नागरिकपनि नहोलान् भन्न सकिँदैन ।

इतिहासलाई अध्ययन गर्दा भारतले सन १८५६ देखि नेपालको सिमा मिच्न थालेको भेटिन्छ । असमान सुगौली सन्धिमा काली नदिलाई नेपालको सिमा मानेको भेटिन्छ । तर, भारतले अनेक प्रपञ्च रच्दै त्यो भन्दा करिब ३० किलोमिटर पूर्वतिर कृतिम कालि नदि निर्माण गरी नेपाललाई भ्रममा पार्दै नेपालको स्मारिक क्षेत्र कालापानी लिपुलेक लिम्पियाधुरालाइ भारततर्फ बनाउन खोजेको देखिन्छ र एकतर्फी रुपमा अन्तर्राष्ट्रिय सिमा नियम बिपरित बिबादित क्षेत्रहरू आफ्नो देशमा राख्दै नयाँ नक्सा सार्वजनिक गर्यो ।

यसरी भारतले नेपालको भूभागलाई समेटेर नक्सा सार्वजनिक हुँदासम्म पनि नेपाल सरकारले बिरोध पत्र बाहेक अरु कुनैप नि कदम नचलाउने नियतमै प्रसस्त शंकाको विषय बनेको छ । मुलुकको सार्वभौमता माथि प्रहार हुँदासम्म कुनै कदम नउठाउनु कतै हाम्रो नेतृत्वको सहमतिमा भारतले आफ्नो काम अगाडि बढाएको त हैन ? नेपालमा राजनीतिक दलहरु सधैंभरी सत्ताको लागि मात्र मरिहत्ते गरिरहेका छन् । आपसी बिबाद दिन–दिनै सत्तामा मात्र केन्द्रित हँुदा कहिले पनि देशको हितमा एकजुट हुन सकेनन्। भनिन्छ, दाजुभाई एक–आपसमा मिलेनन् भने अरुले हेप्छन् ।

नेपालका राजनीतिक दलहरुको जुँघाको लडाइँको कारण भारतले नेपाली भूमिलाई निरन्तर रुपमा मिचिरहेको छ जनताको अगाडि नेताले भारतको धेरै बिरोधी भाषण सुनाउँदै हिँडे कुनै दलले भारतबिरुद्व सुरुङ्ग युद्ध गर्छौ भने तर, जब सत्तामा पुग्छन् अनि आफ्नो पहिलो बिदेश भ्रमण भारतबाटै शुरूवात गर्दछन् । कमसेकम भारतले जबसम्म सिमा बिबाद सुल्झाउन सहयोग गर्दैन,तबसम्म हामी भ्रमणमा आउँदैनौ भन्न किन डराउँछन् हाम्रा नेताहरु ?

नेपाल भारत १८७२ किलोमीटर सिमारेखा मध्येमा भारततर्फ हरेक ४ किलो मिटरमा एसएसपी सुरक्षाकर्मी २५ जनाको दरले राखेको छ । तर, नेपालतर्फ सुरक्षाकर्मीको उपस्थिति धेरै कम क्षेत्रमा सिमित छ । खुला सिमानाका कारण हरेक वर्ष सिमानामा धेरै अवैध कारोबार आपराधिक घटनाहरु घटिरहेको हुन्छ । नेपाली सुरक्षाकर्मीको न्यून उपस्थितिको कारण सिमानामा बसेका नेपालीहरु हरेक दिन पीडित छन् । बिना हतियारका सिमा सुरक्षागार्डको काम गरेका छन् ।

अब नेपालले पनि सिमानामा हरेक ५ किलोमीटरमा सिमाना सुरक्षाकर्मीको उपस्थिति गराउनु पर्दछ खुल्ला रहेका सिमानालाई तारबारको अनिवार्य गर्नै पर्छ र नेपाल भारत आवत जावत गर्ने मानिसको अनिवार्य परिचयपत्र लागू गर्नुपर्छ । यति काम गर्न के गार्हो छ । नेपाल सरकारलाई यदि नेपालको भूमि जोगाउने हो भने यो तुरुन्तै लागू गर्ने निर्णयमा सरकार पुगोस् हरेक नेपालीले सरकारमाथि सहयोग गर्दै श्रमदान गर्ने छन् र नेपालको भूमि मिच्ने आँट भारतले कहिलेपनि गर्न सक्दैन । यदि खुल्ला सिमाना नभएको भए अहिले कोरोना यसरी फैलिने पनि थिएन।

लिपुलेकको बारेमा सरकारले गम्भीर हुँदै सबै राजनीतिक दल लगायत सम्पूर्ण नेपाली नागरिक एक कित्तामा उभिएर कुटनीतिक पहलमा लिपुलेकसहित सबै बिबादित क्षेत्रमा सिमा बिवाद टुङ्गाउनु पर्दछ । तुरुन्तै कालापानीमा नेपाली सुरक्षाकर्मीको उपस्थिति गराउनु पर्छ हाल भारतले निर्माण गरेको बाटोमा भारतबाट प्रवेश गर्न दिनु हुँदैन हामीले हाम्रो भूमिमा कुनैपनि हालतमा बिना अनुमति भारतको उपस्थिति गर्न दिनु हुँदैन । तुरुन्तै भारतीय सुरक्षाकर्मीलाई नेपाली भूमिबाट हटाउन पर्दछ ।

नेपाली नेतृत्वले कुनैपनि कदम उठाउन सकेन भने अब भारतको हौसला बढ्दै जान्छ र सिब सुबेदीको एउटा गीत छ ‘जोगाउन नसकेमा लिपुलेक र सुस्ता भारतमै जन्मनेछन् अब आउने पुस्ता…’ त्यो भोगाइ हुने छ हरेक पल नेपालको भूमिमा आँखा लगाइरहने छ । अर्को कुरा यदि नेपालले लिपुलेकदेखि करिब १२०० किलोमीटरको दूरीमा रहेको पाकिस्तान र करिब ३००० किलोमीटर दूरीमा रहेको क्यस्पियन सागर हुँदै यूरोप पुग्ने स्थलमार्गको लागि पहल गर्यो भने नेपाललाई धेरै फाइदा हुनेछ । भारत पनि साइजमा आउने छ, लिपुलेकको पनि सुरक्षित हुने छ र,नेपालको पनि सुरक्षा हुने छ ।

https://www.globalaawaj.com/archives/111990
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।