June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सरकारको प्रवक्तामा नैनकला थापा

162

नवनियुत्त सञ्चार तथा सूचनाप्रविधिमन्त्री नैनकला थापा बिहीबार मन्त्रालयमा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

काठमाण्डौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा बिहीबारसञ्चारमन्त्रीमा नियुक्त भएकी हुन् । प्रधानमन्त्री ओलीले आजै सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

पछिल्लो अपडेट