ताजा अपडेट »

मेचीमहाकाली बुहारी संयुक्त आवाजद्वारा खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग

विहीबार, २७ जेठ २०७८, १५ : २४
6 Shares

बुटवल । मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले राहत बितरण कार्यक्रम सम्पन्न गरेको छ । बुहारी संयुतm आवाजले पाल्पा रैनादेबि छहरा गाउपालिका पुगेर बिपन्न समुदायका नागरिकहरुलाई लक्षित गरेर राहत बितरण गरिएको हो ।

पाल्पाकोे रैनादेवी छहरा गाउपालिका वडा नं ७ पाल्पा अन्तर्गत रहेका गहते, काउले, सुख्खादमार, लौतपानी , चिदिपानी,सुकदमार ठाउमा बसोबास गर्दै आएका विपन्न वर्ग तथा दलित समुदायका ६५ घर परिवारलाई दाल, चामल ,चिउरा, नुन, तेल लयागत दैनिक खाद्यान्न सामाग्री र किशोरी तथा गर्भवती ८ जना लाई स्वास्थ्य तथा सरसफाईका सामाग्रि समेत बितरण गरिएकोे मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काले जानकारी दिइन् । खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै खड्काले संस्थाका पदाधिकारीहरुको संक्रियता ,बल्ढेङ्गढी जन्म भई हाल विभिन्न क्षेत्रमा बसोवास गर्ने र सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तिहरुको आर्थिक सहयोग र बिपद कोषबाट खाद्यान्न हस्तान्तरण गरेको बताइन।

कार्यक्रममा बोल्दै रैनादेवी छहरा गाउपालिका वडा नं ७ का वडा अध्यक्ष लोक बहादुर खड्काले मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले १२ जिल्ला मध्ये पाल्पाका निम्न बर्गीय बर्गका बासिन्दालाई छनोट गरि राहत बितरण गरिएकोमा धन्यबाद व्यक्त गरे । उनले आगामी दिनमा पनि आवाजले यस्ता खालका बिपदमा सहयोगको अपेक्षा व्यक्त गरे । गरिबीका कारण कोही भोकै बस्न नपरोस् ,कसैको चुलो निभ्न नदिनुका साथै पिडामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले खाद्यान्न सहयोग गरेको संस्थाकी कपिलबस्तु संयोजक चन्द्रा सापकोटाले बताइन्।
कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज बाग्मती प्रदेशका सल्लाहकार कल्पना पौडेलले हिंसामुक्त समाज निमार्णका लागि संस्थाले सक्दो पहल गरेको बताइन् ।

राहत लिएर संयोजक खड्का संगै ,इश्वरी पन्थ बस्याल ,इन्द्रा बि क ,लक्ष्मी भुषाल, बिण्णु अधिकारी सहितको टोली पाल्पा पुगेको हो । सस्थाले हिंसामा परेका बालबालिका,महिला ,पुरुष र जेष्ठ नागरिकहरुको हक अधिकारका लागि काम गर्दै आएको छ । कार्यक्रममा नेकपा एमालेका नेता झपिन्द्र रायमाझी ,गहते माबीका प्रधानाध्यापक भोजबहादुर खड्का , खेलकुद समन्वय समितिका अध्यक्ष हरि रायमाझी , शिबहरि सापकोटा , राम सापकोटा , नबिन खड्का, बल बहादुर कार्की ,लयागत समाजसेबीको उपस्थिती रहेको आवाजले जनाएको छ ।

यस अघि नै मेचीमहाकली बुहारी संयुक्त आवाज लुम्बीनी प्रदेश कमिटिले बिश्वव्यापी महामारी (कोरोना भाईरस) बाट पिडीतहरुका लागि ‘राहत कोष’ को स्थापना गरेको छ । सोही कोष बाट र केही सहयोगी दाताहरुको सहयोगमा राहत बितरण कार्यक्रम गरिएको कोषाध्यक्ष सरला नेपालले बताइन् । बिपदमा समस्या भएका बस्ती बस्तीमा पुगेर राहत र स्वास्थ्य सामाग्री बितरण कार्यक्रमलाई निरन्तर रुपमा गरिने आवाजले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।