ताजा अपडेट »

सांसद थापालाई पदमुक्त नगर्ने आदेशविरुद्ध पुनरावलोकन मुद्दा दर्ता

बुधबार, २६ जेठ २०७८, १४ : ५०
2 Shares

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा नेपाल सदस्य कृष्ण थापालाई पदमुक्त नगर्न जारी गरेको अन्तरिम आदेशविरद्ध पुनरावलोकन मुद्दा परेको छ ।  बुधबार सर्वोच्च अदालतमा प्रदेशका सभामुख र जनमोर्चाका सांसद पियारी थापाले पुनरावलोकन मुद्दा दर्ता गराएका हुन् । 

पार्टीको निर्णय र ह्वीप नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएको थियो । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठकमा थापालाई दलले कारबाही गरेको जानकारी आएको सूचना पढेपछि थापा सांसद पदबाट पदमुक्त भएका थिए । त्यसविरुद्ध थापा सर्वोच्च पुगेका थिए । आइतबार सोही मुद्धामा न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने निर्णयको कार्यान्यन गर्न अन्तरिम आदेश जारी गरेको थियो । 

सर्वोच्चमा पेश दर्ता भएको मुद्दामा अन्तरिम आदेश खारेज गर्न माग गरिएको छ र साथै, सो मुद्धाको पेशी बिहीबारका लागि तोकिएको छ । बिहीबार नै गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदैछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।