ताजा अपडेट »

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुने

बुधबार, २६ जेठ २०७८, ०७ : ३६
2 Shares



काठमाण्डौ । सर्वोच्च अदालतमा दर्ता भएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजदेखि सुनुवाइ हुने भएको छ ।

संवैधानिक इजलासमा लगातार दुई दिनसम्म स्थगित भएको सुुनुवाइ आजदेखि सुरु हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराई रहेका छन।

यसअघि जेठ १४ गते प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको इजलास गठन गरेका थिए । रिट निवेदक पक्षका वकिलहरुले श्रेष्ठ र केसीलाई यो इजलासमा राख्ने नमिल्ने माग गरेपछि प्रधानन्यायाधीशले उहाँहरुलाई इजलासमा नराखेर खड्का र खतिवडालाई समावेश गरेर दोस्रो पटक इजलास गठन गरेका हुन । तर आइतबार गठन भएको नयाँ इजलासमा रहेका न्यायाधीशहरुबारे सरकारी वकिलले पनि प्रश्न उठाएका छन् ।

प्रधानन्यायाधीश जबराले गठन गरेको इजलासमा रहेका न्यायाधीशबारे विवाद भएसँगै अहिलेसम्म विषयवस्तुमा केन्द्रित भएर सुनुवाइ सुरु हुन सकेकोे छैन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्चमा विभिन्न ३० वटा रिट निवेदन दर्ता भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।