ताजा अपडेट »

आजको मौसमः देशका केही स्थानमा वर्षाको सम्भावना

बुधबार, २६ जेठ २०७८, ०७ : ३२
4 Shares

बुटवल । हाल देशको मौसममा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार दिनभर देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी स्थानमा हल्कादेखि सामान्य बदली हुनेछ ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा वर्षाको सम्भावना पनि रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।