ताजा अपडेट »

निजी अस्पतालमा कोरोना खोपको मूल्य : कोभिशिल्ड १२४८, कोभ्याक्स २२५६

बुधबार, २६ जेठ २०७८, ०७ : १४
2 Shares

काठमाडाैं।कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न खोपको माग बढिरहेका बेला भारतको स्वास्थ्य मन्त्रालयले निजी अस्पतालका लागि मूल्य निर्धारण गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना विरुद्धको खोप प्रतिडोज कोभिशिल्ड १ हजार २४८ रुपैयाँ, कोभ्याक्स २ हजार २५६ र स्पुतनिक–भी १ हजार ८३२ रुपैयाँमा खरिदबिक्री गरिने छ ।

सरकारले कोरोना खोपमा पनि जीएसटी कर लगाएको छ । खोपमा प्रतिडोज ५% जीएसटी लिने गरिएको छ । सँगसँगै हरेक खोपमा २४० रुपैयाँ सेवा शुल्क लिइनेछ ।

निजी अस्पतालका लागि मूल्य निर्धारण गरिएको भएपनि भारत सरकारले प्रदेश सरकारमार्फत २१ जुनदेखि सबैलाई निःशुल्क खोप लगाउँदैछ । स्वास्थ्य मन्त्रालयका अनुसार ७४ करोड खोप माग गरिसकिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।