ताजा अपडेट »

लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक: प्रदेश प्रमुखको विरोध गर्दै विपक्षीले कुर्सी खाली गरे

मंगलबार, २५ जेठ २०७८, १७ : २८
4 Shares

बुटवल । लुम्बिनी प्रदेश सभामा प्रदेश प्रमुख धर्मनाथ यावदले आगामी वर्ष २०७८/८९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला विपक्षी दलका सांसदहरु बाहिरिएका छन् ।

विपक्षी दलहरुले सदनमा एक/एक जना प्रतिनिध मात्रै उपस्थित गराई सभाबाहिर बसेका हुन् । गत वैशाख १९ गते प्रदेश प्रमुखले अल्पमतमा रहेका शंकर पोख्रेललाई पुनः मुख्यमन्त्री बनाएर असंवैधानिक काम गरेको भन्दै विरोधस्वरूप उनीहरू संसद्मा अनुपस्थित भएको बताएका छन् । प्रदेश सभामा उपस्थित भएर पनि विपक्षी सांसदहरू सभा हलमा प्रवेश गरेका छैनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।