July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

पिकअप दुर्घटनामा दुईको मृत्यु

219

मिक्लाजुङ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् । थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

पछिल्लो अपडेट