ताजा अपडेट »

विश्कप छनोट : नेपाल जोर्डनसँग ३–० ले पराजित, विश्वकप छनोटबाट बाहिरियो

मंगलबार, २५ जेठ २०७८, ०७ : २५

बुटवल । फिफा विश्वकप तथा एसिया कपको छनोट फुटबलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको छ । कुवेतको ‘जबर अल–अहमद अन्तराष्ट्रिय रंगशालामा सोमबार राति सम्पन्न खेलमा जोर्डनले २३ औं मिनेटमा पहिलो गोल गर्यो । जोर्डनले पेनाल्टीमार्फत नेपालविरुद्ध पहिलो गोल गरेको हो ।

पहिलो हाफमा १–० को पछाडि रहेको नेपालले दोस्रो हाफमा थप दुई खोल खायो । जोर्डनले खेलको ४८ औं र ६७ औं मिनेटमा गोल गरेको हो ।२३ औं मिनेटमा जोर्डनका खेलाडी बाहा फैसलले पेनाल्टीमार्फत गोल गरेका हुन् भने ४८ औं मिनेटमा पनि उनैले गोल गरे । यस्तै ऐजान अल अरबले ६७ औं गोल गरे । यससँगै नेपालकाे विश्वकप खेल्ने सपना पनि सकिएको छ ।

नेपाल फिफा वरियतामा १७१ औं स्थानमा रहेको देश हो भने जोर्डन ९५ औं स्थानमा रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।