ताजा अपडेट »

४२ युनिट रगत संकलन

सोमबार, २४ जेठ २०७८, १५ : ०२

बुटवल। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देही क्षेत्र नम्बर ३ र राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगरको आयोजनामा सोमबार बिहान भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री लिला गिरीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नेता गिरीले महामारीको बेला अनेरास्ववियु र राष्ट्रिय युवा संघले रचनात्मक कार्य गरेको बताए ।

एमाले युवा नेता वाई.पी. आचार्य ‘सुशान्त’ले कोरोना महामारीको बेला रगतको अभाव हुन नदिन अनेरास्ववियु र युवा संघले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । उनले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागि सम्पूणर् रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरे ।

युवा संघ सिद्धार्थनगरका इञ्चार्ज नर्जुङ्ग गुरुङको अध्यक्षता, एमाले केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इञ्चार्ज दधिराम न्यौपाने (एम.एस.) को विशिष्ट आतिथ्यता, एमाले युवा नेता वाई.पी. आचार्य ‘सुशान्त’को स्वागत तथा अनेरास्ववियु रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक सरोज ठकुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही परिसरमा भएको कार्यक्रममा एमाले रुपन्देही जिल्ला सचिव विश्वराज बराल ‘अनुप’, क्षेत्र नम्बर ३ संयोजक हितराज पन्थी, सिद्धार्थनगर सचिव चक्र बहादुर थापा, धु्रव अधिकारी लगायतले रक्तदान गरेका थिए । कार्यक्रममा ४२ जनाले रक्तदान गरेको पार्टीका सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्यले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।