June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कविता

एकान्तबासको छट्पटी

516

पीडा शिरदेखि पाउँसम्म एकै, भयो असह्य गरी,
ललाट रनक्क रन्कियो, फैलिँंदै गयो शरिरैभरी ।
भयो कण्ठ चरप्प अर्राे कचिलो,खल्लुक चपाएसरी,
पिऐँ पानी तातो त्यहि बखतमा,लिएँलामो सासघरी ।।

छट्पटी अथाह थियोे जान कतै, बेला मध्यको रात,
सय र दुईडिग्री ज्वरो मापन गरिलिएँ सिटामोल साथ ।
बिहानको जब दश बज्या दियौँ स्वाब,जाँच्न के रैछ भनी
प्रतीक्षा नतिजा आउने रह्यो अब,बसेउँ समय गनी ।।

आयो जब मेसेज टिन्टिनगरि,रिपोर्ट पोजेटिभ भनी,
लौ लाग्यो कोरोना अब कसो गरूँ छोरी सानी पो छनि ।
अथाह मनमा खेले कुराहरू,दृश्य छाए न्यूजका,
रिप लेख्दै पोस्टमा सम्वेदना दिने,खातका खात छन् भ्यूजका ।।

भयो भुक्क मुटु फुल्यो वदन यो,गयो बाँच्ने आश अब,
तीव्र त्यो मुटुको गति सँगसँगै,श्वासमा बाधा भो तब ।
आउनुभो निकट स्वामी रगतको चाप मापन् गर्न भनी,
तिम्रो त्रास म देख्छु बुझ्छु अहिले ,बस्नु छ धैर्य बनी ।।

तिम्लाई निको अवश्यहुन्छ सहजै जित्छेउ जीवाणु पनि,
आशामार्नु हुँदैन कैले मनमा,भरोसा ममा छनि ।
पलायो आशा लौ भित्री हृदयमा,हुन्छुकि निको मनि,
मोवाइल् नजिकै थियो छुन पुगेँ,भुलाउँ मन कतै भनी ।।

तिम्लाई निको अवश्यहुन्छ सहजै जित्छेउ जीवाणु पनि,
आशामार्नु हुँदैन कैले मनमा,भरोसा ममा छनि ।
पलायो आशा लौ भित्री हृदयमा,हुन्छुकि निको मनि,
मोवाइल् नजिकै थियो छुन पुगेँ,भुलाउँ मन कतै भनी ।।

लग इन्नै रहेछ झट्ट नजर पुगे,त्यै फेस्बुकको भित्र,
चिनेकै दाजीले पोस्ट्याएको देखेँ, रहेनन् भनी मित्र ।
आशा भो लोप लौ अन्यासै यहाँ, लौ मुटु काँप्न थाल्यो,
धड्क्यो धड्कन ढकढक गरि,शरीर बेस्सरी गाल्यो ।।

दृश्य त्यो असह्यदेखि लाग्नुभयो,स्वामी अक्सिजन तिर,
सर्वत्र अभाव सुनाउँछन् सब,गार्हो छ यहाँ निर ।
प्राप्तनै नभए सिलिण्डर अब ,सास फेर्ने कसो गरी,
जोखिम अति छ अस्पतालमा पनि, लस्कर छन्,पिढिँभरी ।।

कालो रात सकिन्छ निश्चय छिट्टै, फिर्छन् सुनौला दिन,
हामी छौँ अक्सिजन पुर्याउँछौँ घर,लिन्छेउ तिमी पिर किन।
फोनमार्फत् अक्सिजन पुर्याउने,कुरा गरिन् दिदी पर्निले,
आफ्नो ख्याल गर है ,तनाव नलिग, भने फोन गर्नीले ।।

माया–मोह अनन्त लाग्दछ सधै नातिनि हाम्रै भर,
केहि सन्देह नलिग हामी उसलाई खुसी राख्नेछौँ घर।
तिर्सना छोरीको कम हुँदैगयो, ढुक्क भो मनमा तब,
आनन्दित महशुस गर्याे तनमन,प्रेरित भएँथे जब ।।

पहिले नि कति रोग लागे कठिन ,तिमी पचायौं कति,
शक्ति छ प्रभुको छोरी रगतमा,बन्नु तिमी हिम्मती ।
आमा र बाबाको आशामा दृढता पाएँ परास्त गर्ने,
इच्छा भो आमाको आँसु पुछिकन हाँसो ओँठमा भर्ने ।।

यत्रो संकटमा छ पूरा दुनिया ,जीव छ बलियो तर,
अवश्य जित्दछ यसले भनिकन नपर्नु कोहि भर।
जडि र बुटि छन् आयुर्वेद यहाँ ,पौष्टिक खानासँग लिन,
नमार्नु आशा र विश्वास अवश्य, आउँछन् सुनौला दिन ।।

-बुटवल-११, कालिकानगर-एकान्तबासबाट

पछिल्लो अपडेट