June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कविता

म राष्ट्र सेवक हुँ

75

देश र जनता लागी मैले कसम खाइसकेको छु ,
म एउटा सेवक बन्छु भनेर,
न त कहिले घरपरिवारसँग बस्न पाएँ,
न त कहिले पियारीसँग सुखदुःखको कुरा साट्न पाएँ ।

लड्दालड्दै कति बेला मरिने हो,
यहि छ हामी सिपाहीको व्यथा,
अनि घरपरिवारलाई सम्झेर लेख्दैछु कथा,
सायद पल्लो दाजुले पुर्याइँ दिनुहुनेछ सिपाहीको कथा ।

युद्धको बेलामा कति साथी मरे,
के हुने हो हाम्रो नि हालत !
गोली,बारुद भन्दै जाने भो हाम्रो जिन्दगानी
यस्तै रहेछ सिपाहीको कहानी ।

न कहिले कुनै चाडपर्व भन्न पाइन्छ,
न त कहिले दशंै–तिहार घर जान पाइन्छ,
हाम्रो जिन्दागानी व्यारेकमै बित्ने भयो,
आमाले मलाइ सम्झेर नरुन भन्नु हैं ,
उनको छोराले देशको रक्षा गरिरहेको छ।

गोली र बारुद लिएर हिडिरहेको छु,
अनि पियारीको तस्विर मनमा सजाएर हिडिरहेको छु,
न त दिन रात भन्न पाउँछु,
न त भोक तिर्खा भन्न पाउँछु,
देशको लागि कसम खाएपछि जस्तोसुकै अवस्थामा लड्नुपर्छ।

अनुसन्धान भन्दै जाने भयो जिन्दगानी,
अनि अपराधीलाई समातेर हाल्नुपन रहेछ,
अनि थाहा छैन यो सिपाहीको जिन्दागानी के हुने हो,
कतिबेला शत्रुले आफू मात्रै हमला गर्ने हो ।

पीर लाग्छ मेरो पियारीको सिन्दुर त पुछिने होइन,
यदि मलाई केहिभयो भने उनलाई केहि त हुने होइन !
तर,वीर नेपालीले राष्ट्रको लागि शहिद भयो भन्नु है।
म त राष्ट्र सेवक हुँ ।

देश र जनता लागि कसम खाइसकेँ,
एउटा राष्ट्र सेवक बन्छु भनेर,
न त कहिले घरपरिवारसँग बस्न पाएँ
न त कहिले आफ्नो पियारीसँग सुख–दुःखको कुरा साट्न पाएँ।

पछिल्लो अपडेट