ताजा अपडेट »

विश्व कप छनोट : चिनको ताइपेई विरुद्ध नेपालको २-० गोल अन्तरले जीत

विहीबार, २० जेठ २०७८, २३ : ५६
4 Shares

बुटवल । विश्वकप छनोटमा नेपालले नेपालले चिनियाँ ताइपेईलाई पराजीत गरेको छ । कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा आज भएको नेपालले २-० गोल अन्तरको जीत निकालेको हो । खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा गोल गरेका थिए भने खेलको दोस्रो गोल नवयु श्रेष्ठले ८१ औं मिनेटमा गरे ।

ताइपेईका खेलाडी चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे । अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो । जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो स्थानमा नेपालको पकड बलियो भएको छ । त्यस्तै नेपालले समग्र छनोटकै चौथो स्थानका शीर्ष चार टिमका लागि बलियो चुनौती पेस गरेको छ । एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिकाका रूपमा कुवेतमा भएको हो । नेपालले ताइपेईविरुद्धको पहिलो लिगको छनोटमा २-० को जित निकालेको थियो । त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालका तर्फबाट यो पहिलो औपचारिक खेल हो । यसअघि उनकै नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।