ताजा अपडेट »

पुरुष जाति हैन केही पुरुष व्यक्ति खराब हुन्

विहीबार, २० जेठ २०७८, १७ : १४
12 Shares

म सम्झन्छु एउटी सानी बालिका जो पसलबाट सामान लिएर घर फर्किदै गर्छिन्,
त्यतिकैमा केही पुरुष उनलाई रोक्छन् र नराम्रो काम गर्न लगाउछन् ,
अनि उम्लीन्छ रगत आउछ क्रोधित भावना पुरुष प्रति,
त्यतिकैमा देख्छु मेरा भगवान् रुपी बाबा जो नानी विद्यालय जान ढिला भयो भन्दै मलाई जगाउछन्।
अनि मुस्कुराउछु र आफैंलाई सम्झाउँछु कि पुरुष जाति हैन केही पुरुष व्यक्ति खराब हुन्।

जब सुन्छु पुरुष समूहद्वारा एउटी चेलीको सामूहिक बलात्कारको खबर तब मन रुन्छ र विचारहरू नै टोलाउछन्,
त्यतिकैमा दिदी लड्न आउनुस बलियो हुने हैन भन्दै भाइहरू बोलाउछन् ।
अनि मुस्कुराउछु र आफैंलाई सम्झाउँछु कि पुरुष जाति हैन केही पुरुष व्यक्ति खराब हुन्।

बजारमा हिड्दै गर्दा जानी जानी ठोकिन्छन् केही अल्लारे ठिटाहरु बाहिरी आवाज रोकिन्छ,
भित्र मन गर्जिन्छ र झन्क्क रिस उठछ् ,
त्यतिकैमा आउछन् दाइ गाली गर्छन् ठिटालाई म पनि लगाउछु झापड खै कसरी हिम्मत जुट्छ ।
अनि मुस्कुराउँछ र आफैंलाई सम्झाउँछु कि पुरुष जाति हैन केही पुरुष व्यक्ति खराब हुन् ।

अतालिन्छ मन जब सुन्छु शिक्षकद्वारा विद्यालयमा बलात्कृत बालिका,
त्यतिकैमा सम्झन्छु मेरो शिर माथीको आशीर्वादको हात,
मेरो बुलन्द आवाजलाई समाजमा पुर्याउन सहयोग गर्ने शिक्षकहरुको साथ जस्ले लक्ष्य बनाइदिए पढेर पुग्ने न्यायपालिका।
अनि मुस्कुराउछु र आफैंलाई सम्झाउँछु कि पुरुष जाति हैन केही पुरुष व्यक्ति खराब हुन्।

झस्किन्छ मन जब देख्छु सवारी साधनमा केही पुरुषले नारीमाथी गरेको दुर्व्यवहारको अवस्था ,
त्यतिकैमा देख्छु पुरुषको जमात जस्ले ती पापीलाई पुलिससम्म लैजाने गर्छन व्यवस्था।
अनि मुस्कुराउछु र आफैंलाई सम्झाउँछु कि पुरुष जाति हैन केही पुरुष व्यक्ति खराब हुन्।

पुरुषका कारण एसिड एट्याकको सिकार बनेका नारीको अवस्था देख्दा निकै डर लाग्छ,
त्यही नारीलाई न्याय दिन दिनरात खटेका देशका पुरुष देख्दा फेरी हिम्मत जाग्छ।
अनि मुस्कुराउछु र आफैंलाई सम्झाउँछु कि पुरुष जाति हैन केही पुरुष व्यक्ति खराब हुन्।

निराश हुन्छु जब सुन्छु नारी भएर यस्तो गर्नु हुँदैन भन्दै सम्झाउने पुरुषको टोली ,
त्यतिकैमा सुन्छुूतिमी गर्न सक्छौ , अगाडि बढू भनेर प्रोत्साहन गर्ने मेरा पुरुष साथीहरुको बोली।
अनि मुस्कुराउछु र आफैंलाई सम्झाउँछु कि पुरुष जाति हैन केही पुरुष व्यक्ति खराब हुन्।

एकातर्फ सुन्छु नारी हुन् कम्जोर जात केवल बन्न सक्छन् भान्से,
आर्कोतर्फ आमा मुनिका मामा इतिहास सुनाउदै भन्नुहुन्छ नारी हुन् सर्वशक्तिमान मान्छे।
अनि सकारात्मक उर्जा लिन्छु र आफैंलाई सम्झाउँछु कि पुरुष जाति हैन केही पुरुष व्यक्ति खराब हुन्।

यसरी बुझीसके केही पुरुष मात्र रहेँछन् भक्षक,
धेरै पुरुष रहेछन् उर्जा दिने व्यक्ति र रक्षक ।
त्यसैले सचेत बनौँ भक्षकबाट,
सम्मान गरौँ रक्षकलाई हेर्ने दृष्टिकोण बदलौँ र सम्झाउँ कि पुरुष जाति हैन केही पुरुष व्यक्ति खराब हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।