१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको मापदण्ड परिमार्जन गर्दै जेठ ३१ गतेसम्मका लागि लम्बाएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले जानकारी दिए । यस अघि जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकको निषेधाज्ञा थपको सिफारिस गरेको थियो ।

Advertisement

बैठकले वर्षायाममा पहाडी जिल्लाहरुमा खाद्यन्य ढुवानी गर्न समस्या हुने भएको हुदाँ व्यवसायी तथा सुरक्षाकर्मीको समन्वयमा स्वास्थ्य मापदण्ड अपनाई रातको समयमा ढुवानी गर्न दिने निर्णय गरेको छ । वर्षायाम नजिकिदै गरेको हुँदा पहडी जिल्लाहरुमा बाढी पहिरो लगायतका कारण खाद्यन्न पुराउन हुने समस्यालार्ई मध्यनजर गर्दै निषेधाज्ञाको अवधीमा पनि ठूला खाद्य स्टोरहरुबाट सामान ढुवानीका लागि रातको समयमा खोल्न दिने गरी मौखिक सहमति भएको बैठकमा सहभागि एक सदस्यले ग्लोबल आवाजलाई जानकारी दिए । यस अवधिमा शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा सन्चालनमा रहनेछन् ।

जिल्ला भित्र सबै प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाईएको छ ।

त्यस्तै पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाईएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण