ताजा अपडेट »

अधुरो प्रेम

बुधबार, १९ जेठ २०७८, १७ : ४३
10 Shares

एक ले जीत्दा अर्को हार्ने, यो संसारको रीत हो साथी!

प्रेम खेलमा तीम्ले हार्यो, उस्को पक्कै जीत हो साथी!!

चट्टै भुल्न कहाँ सकीन्छ, बाध्यताले छुट्नुपर्दा! ज्यान पो टाढा मन कहाँ छुट्छ, अजम्बरि प्रीत हो साथी!!

देख्नेहरु सोच्दै होलान, यो नीर्दोषी बौलायोकी? तर यो त बीछोडींदा,, तड्पाईको गीत हो साथी!!

सबै सफल कहाँ हुन्छन् र, असफल्ता सहनै पर्छ! मीलन बीछोड छीनमै सुक्ने, पातमाथीको शीत हो साथी!!

उस्को खुसी बढ्दै जावस, मेरो खुसी टुटे पनि ! सदा उस्को राम्रो सोच्नु, मेरा लागी हित हो साथी!!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।