ताजा अपडेट »

राहत चाहने नागरिकले सम्पर्क गर्न बुटवलको आह्वान

मंगलबार, १८ जेठ २०७८, १४ : १६
2 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना महामारीका कारण समस्यामा परेका जनताहरुलाई राहत वितरणमा लागेको छ । उपमहानगरले राहत आवश्यक पर्ने नागरिकहरुले सम्बन्धित टोल तथा वडा कार्यालयको सिफारिससहित सम्पर्क गर्न आह्वान गरेको छ ।

‘महामारी र यसलाई नियन्त्रणका निम्ति लगाइएको निषेधाज्ञाका कारण आफ्नो दैनिक गुजारा चलाउन सकस भएका नागरिकलाई उपमहानगरले तोकेको मापदण्ड बमोजिमका दैनिक उपभोग्य वस्तु (अत्यावश्यक खाद्य सामग्री) अर्थात् राहत उपलब्ध गराइएको छ । यसप्रकारको राहत आवश्यक परेको खण्डमा आफ्नो टोल विकास संस्था र सम्बन्धित वडा कार्यालयको प्रमाणिकरण गरिएको सिफारिस सहित उपमहानरगपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।’–सूचनामा उल्लेख गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।