ताजा अपडेट »

विप्लवलाई सरकारको चेतावनी : वार्तामा नआए क्षति व्यहोर्नुपर्छ

विहीबार, १९ असार २०७६, १७ : ०८

असार १९,

काठमाण्डौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । विप्लव समूहले लुटपाटको धन्दा चलाएको र यो क्रमशः संगठित आतंकवादतर्फ उन्मुख रहेको भन्दै सरकारले जंगली राजलाई छुट दिन नसक्ने बताए ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटा विप्लव समूहप्रति आक्रामक रुपमा प्रस्तुत भए । विप्लव समूह वार्ताबाट भागेको भन्दै उनले भने, ‘किन भाग्नुभयो भने वार्तामा आउँदा त केही छैन माग्ने कुरा ।’ कार्यकर्ता छाड् भन्ने तर, हिंसा गरिरहने कार्य स्वीकार्य नभएको उनले बताए । मन्त्री बास्कोटाले भने, ‘लुटपाटको धन्दा जारी राख्नु हुन्छ भने क्षति व्यहोर्ने उहाँहरुले नै हो । हाम्रो अनुरोध छ, क्षतितर्फ नजानुस् । समय छ आउनुस् ।’

दुइ तिहाईको सरकार सिमलको भुवा जस्तो नभएको भन्दै उनले अघि भने, ‘चुनाव लड्ने हुति छैन, १२ वटा सिम फेरेर तर्साएर के हुन्छ ? यसबाट सरकार तर्सिँदैन ।’ रक्तपिपासु मानसिकता नेपाली समाजले अस्वीकार गरेको भन्दै मन्त्री बास्कोटाले क्रान्तिका नाममा स्कुल बन्द गराएर वितण्डा नमच्चाउन विप्लव समूहलाई चेतावनी दिए । उनले विप्लव समूहले प्रहरी दमन भन्दै वक्तव्यबाजी गरेकोमा समेत आक्रोश पोखे । मन्त्री बास्कोटाले अघि भने, ‘उहाँहरुले निर्दोष मान्छे मार्दा क्रान्ति र प्रहरीले पक्राउ गर्ने खोज्दा गोली चलाउँदा कोही झुक्किएर पर्न गयो भने दमन ?’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।