१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

धादिङ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि गरिएको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर विहान बेलुकीको छाक टार्ने वर्गका मानिसहरु निकै समस्यामा परेका छन । निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि अब के खाने भन्ने चिन्तामा छन- मजदुरहरु । जस्ले गर्दा जोखिम मोलेर त्रिशुली नदीमा माछा मार्ने काम गर्न हेलिन्छन ।

Advertisement

लक डाउनका कारण विहान बेलुकी हात मुख जोर्न समेत धौ धौ हुन थालेपछि अब के गर्ने भन्दै मजदुरहरु यस्तो काममा लागेका हुन ।  दिनभरि माछा मार्दा आधादेखि एक किलो जम्मा हुन्छ । विक्रि भए सात आठ सय रुपैँया आउँछ । त्यही पैसाले लक डाउनको समयमा विहान बेलुकीको गर्जो टार्नका लागि सहयोग पुग्ने गरेको उनीहरु बताउँछन ।

त्रिशुली नदी किनारामा बसी दिनभरि बालुवा उठाई त्यसको विक्रिबाट घर खर्च चलाउदै आएका धादिङका बालुवा मजदुरहरु अहिले बालुवा विक्रि नहुँदा र मजदुरी गर्न नपाउँदा समस्यामा परेको गुनासो गर्छन । विहान बेलुकीको गर्जो टार्न र कोठा भाडा बुझाउन समेत लक डाउनका कारण समस्या परेको उनीहरुको दुखेसो छ । सरकारले कोरोना महामारीको नियन्त्रण र रोकथामका लागि आव्हान गरेको निषेधाज्ञाको समय करिव एक महिना भइसकेको छ ।

त्यसो त जिल्लामा रहेका अधिकांश मजदुरी गर्नेहरुको अवस्था दयनीय बनेको छ । विहान बेलुकीको छाक टार्नसमेत मजदुरी गर्न नपाउँदा निकै समस्या परेको भन्दै सरकारले आफुहरुलाई विषेश राहात प्याकेजको ब्यवस्था गर्नुपर्ने माग उनीहरुको छ । धादिङका नदी र खोलामा बालुवा चाल्ने सयौँ मजदुरहरु अहिले यस्तै समस्यामा परेका छन ।

गत वर्षको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागी गरिएको लक डाउनमा त विभिन्न संघ संस्थाहरुले राहात समेत दिएका थिए तर यस पटक कुनैपनि संघ संस्थाहरुले यस्तो बर्गका मानिसहरुलाई सहयोग नगरेको उनीहरुको भनाइ छ । सरकारले समेत विपन्न वर्गका मानिसहरुलाई बेवास्ता गरेको आरोप उनीहरुले लगाएका छन ।-नेपाल टेलिभिजन

प्रतिकृया दिनुहोस्

Flash News

पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध  रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा विजयी माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू आगामि सरकारका आर्थिक चुनौती