ताजा अपडेट »

संवैधानिक इजलास यथावत, पुरानै न्यायाधीशबाट सुनुवाइ

मंगलबार, १८ जेठ २०७८, ११ : ३९

काठमाडौँ । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ आज पुनः शुरु हुँदैछ । शुक्रबार र आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने विपक्षी गठबन्धनका वकिलहरूले माग गरेता पनि ५ न्यायाधीशको इजलासलाई नै कायम राखिएको हो । 

रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई समेटेर पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए । जसमा श्रेष्ठ र केसीमाथि विपक्षी गठबन्धनका कानून वकिलले प्रश्न उठाएका छन् । नेकपा विभाजन सम्बन्धी फैसला गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने केसीलाई इजलासमा राख्दा निष्पक्ष फैसलामा असर गर्ने उनीहरुको भनाई छ । 

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा ३० वटा रिटको सुनुवाइ हुने छ। निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदक संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन र संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् ।  प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन दर्ता गराएका छन् । 

facebook sharing button
twitter sharing button
sharethis sharing button
email sharing button
messenger sharing button
whatsapp sharing button

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।