१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

गुल्मी । नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी झण्डै एक महिनाको होम आइसोलेसनको बसाईपछि कोरोनामुक्त भएका छन्। विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस संक्रमणबाट पन्थी पनि अछुतो रहेनन्। निरन्तर जनताका काममा खटिने पन्थीमा गत बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भयो।

Advertisement

आफू परिवारको अभिभावक भएकाले अन्य सदस्यहरुको हेरचाह गनुपर्ने थियो । तर पन्थी आफै संक्रमित भएपछि मानसिक तनावको शिकार बन्नुप¥र्यो। यहि बीचमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमणका कारण गुल्मीका मात्र ७८ जनाले ज्यान गुमाए। पन्थी होम आइसोलेसनबाटै सबै कुरा समाचारमा हेर्थे र पढ्थे। त्यस समयमा उनलाई कोरोनाबाट कसरी पुर्नजिवन प्राप्त गर्ने, सिङ्गो परिवारलाई महामारीबाट मुक्त गरी कसरी नयाँ जीवन प्रदान गर्ने भन्ने पिरले खुब पिरल्थ्यो। जनता कोरोनाको कहरमा एकमुठी सासका लागि सङघर्ष गरिरहेका बेला पन्थी उनीहरुको सारथी बन्न चाहन्थे।

कोरोनाको महामारीमा प्रताडित परिवारहरुलाई सहयोग र हौसला बाड्न चाहान्थे। तर, बिडम्बना ! गरिब, दलित र दुःखीका सारथी पन्थी आँफै कोरोनासँग पैठेजोरी खेलिरहेका थिए। तर, हार भने खाएनन्। पन्थी उच्चमनोबलका साथ अन्ततः २७ दिनको अत्यास लाग्दो होम आइसोलेसनको बसाइपछि घरका सबै सदस्यहरु सहित कोरोना संक्रमणमुक्त भएका छन्। ४६ वर्षीय पन्थी भर्खर कोरोनामुक्त भएका हुन्। झण्डै एक महिनाको लामो आइसोलेसनको बसाइलाई सम्झिँदै पन्थीले भने, ‘रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा आइरहने आफ्नो प्रियजनको मृत्युको खबरले निकै भावविह्वल बनाउँथ्यो। त्यस समयमा आफू संक्रमित भए पनि कतै जुरुक्कै उठेर उनीहरुको उपचार र उद्धारमा जुट्न मन लाग्थ्यो।’

कोभिड–१९ को महामारीसँग जुँध्न सरकारको तयारी राम्रो नभएकै कारण धेरैले अकालमा ज्यान गुमाउनु परेको पन्थीको भनाई छ। ‘जनता कोरोनाबाट थला परिरहेका छन्। देश धुरु–धुरु रोइरहेको छ।’ उनले भने,‘जनताले सरकार पुकारी रहेका छन्। गरिब र मजदुरका घरमा छाँक अड्किने अवस्था आएको छ। तर, सरकार कहीँ भेटिन्न। कहीँ देखिन्न।’ सचिव पन्थीले यतिबेला जनताको घर–घरमा गएर एन्टीजेन परीक्षण गरिनुपर्ने सुझाव दिए। ‘सरकार अहिले कोरोना संक्रमितको डाटा बनाइरहेको छ। डाटामा रमाइरहेको छ।’ उनले भने,‘ सरकार तिमि कहाँ भेटिन्छौं ?, यी आँसुहरु कस्ले देख्ने ? यो छट्पटाहट कसले सुन्ने ?’

कोरोना संक्रमणका कारण पछिल्लो समय समाजप्रतिको दायित्व र सेवामा आफूू निरन्तर खट्न नसकेपनि अब भने जनताको सेवाका लागि तत्पर रहेको बताए। साथै उनले राष्ट्रिय दलित पत्रकार संघ नेपाल गुल्मीले सञ्चालन गरेको ‘कोभिड–१९ मजदुर राहत अभियान’ का लागि आफ्नो तर्फबाट आवश्यक खाद्यान्न सहयोग गर्ने उद्घोष समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान