ताजा अपडेट »

डुङ्गा दुर्घटना हुँदा चारको मृत्यु, २१ बेपत्ता

विहीबार, १९ असार २०७६, १६ : २८
4 Shares

असार १९,

पेसावर । उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन्।

भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका संलग्न अधिकारीहरुले जानकारी दिएका छन्। खैबर पाख्तुनख्वा प्रान्तमा रहेको इनडुस नदीमा शाङगलाबाट हारीपुरबाट गइरहेको डुङ्गा बुधबार दुर्घटना भएको थियो। यस डुङ्गामा ३८ व्यक्ति सवार रहेका र ती मध्य १३ जनाले भने पौडी खेलेर ज्यान बचाएका स्थानीय प्रहरी अधिकारी जाहिद उल्लाहले एएफपी समाचार समितिलाई जानकारी दिए।

दुई महिला र दुई बालबालिकाको शव नदीबाट निकालेको जाहिदले बताउनु भएको छ। उद्धारकार्य अझै पनि जारी रहेको तर जिवीतै उद्धार गर्ने सम्भावना अत्यन्त कम रहेको पनि जाहिदले बताए ।

-रासस/एएफपी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।