१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

कार्तिक आर्यन

मुम्बई । बलिउडका अहिलेका हटकेक अभिनेता कार्तिक आर्यन पछिल्लो समय निकै चर्चामा छन् । चर्चामा यसकारण छन् कि उनको हातबाट एकपछि अर्को फिल्म खोसिँदै गइरहेका छन् । नवभारत टाइम्सका अनुसार केही समय अघि करण जोहारको फिल्म ‘दोस्ताना २’बाट अलग्गिएका थिए । त्यसपछि उनी शाहरुख खानको प्रोडक्सनको फिल्म ‘फ्रेडी’बाट निकालिए । अहिले आएर पुनः अर्को एउटा ठूलो बजेटको फिल्मबाट कार्तिक निकालिएका छन् ।

Advertisement

कार्तिकलाई निर्देशक आनन्द एल रायको एक अनटाइटल्ड ग्याङस्टार फिल्मका लागि प्रस्ताव गरिएको थियो । ‘कार्तिकको आनन्दसँग कुराकानी भइरहेको थियो । उनले फिल्मको कथा पनि पढे र त्यसको नेरेसन सुने । तर फिल्म साइन गर्नु अघि नै कुरा बिग्रियो । फिल्मको निर्देशन आनन्दका असिस्टेन्टले गर्ने तयारीमा थिए’ आनन्द निकट स्रोतले भनेको छ ।

कार्तिक र आनन्द एकसाथ फिल्ममा काम गर्ने खबर यो वर्षको फेब्रुअरीबाटै आइरहेको थियो । यो समयमा कार्तिकलाई आनन्दको मुम्बईस्थित कार्यालय बाहिर देखिएपछि उनी आनन्दसँग सहकार्य गर्न लागेको खबर बाहिर आएको थियो । यद्यपि कार्तिक आनन्दको फिल्मबाट के कारणले बाहिरिए भन्ने कारण खुल्न सकेको छैन । तर फिल्म पण्डितहरुले करणको फिल्मबाट कार्तिक बाहिरिनु नै उनका लागि अभिषाप बनेको दाबी गरेका छन् । त्यहीकारण पनि कार्तिक एकपछि अर्को ठूलो व्यानरमा अँटाउन सकिरहेका छैनन् ।

कार्तिक निकालिएपछि अब उनको स्थानमा आनन्दले आयुष्मान खुरानालाई अनुबन्धित गर्ने सोच बनाइसकेका छन् । आनन्दका साथ आयुष्मानले यसअघि ‘शुभ मंगल सावधान’ र ‘शुभ मंगल ज्यादा सावधान’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलको कालिका क्याम्पसमा वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रम तिलोत्तमाको विद्युत प्राधिकरण नयाँ मिल वितरण केन्द्रको नयाँ भवनबाट सेवा शुभारम्भ अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी शुभकामनासहित धनराजलाई पद्माको सुझाब : ‘आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्’ माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ