ताजा अपडेट »

आगलागि पिडित उद्योगीलाई आर्थिक सहयोग

विहीबार, १९ असार २०७६, १५ : ३३
10 Shares

असार १९,
बुटवल । लुम्बिनी बेकरी व्यवसायी संघले आगलागि पिडित आफनो सदस्य व्यवसायीलाई आर्थिक सहयोग प्रदान गरेको छ । रुपन्देहीको भैरहवामा संचालित न्यू क्रेजी फुड प्रोडक्टका सञ्चालन आलोक सिंह राठौरलाई राहत स्वरुप रु.५१ हजारको चेक हस्तान्तरण गरेको छ ।


एक समारोहका बीच संघका अध्यक्ष देवानन्द पाण्डे, वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, उपाध्यक्ष हिमांशु शाक्य, महासचिव यादव गैरे तथा कार्यसमिति सदस्यहरुले संयुक्त रुपमा चेक हस्तान्तरण हस्तान्तरण गरेका हुन् । राठौरको उद्योग फुड प्रोडक्टमा गत जेष्ठ २३ गते आगलागी भई क्षति पुगेको थियो । संघका अध्यक्ष देवानन्द पाण्डेले उद्योगीलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उद्योगीहरुसँग सहयोग रकम जुटाई संघ मार्फत एकमुष्ट रकम हस्तारण गरिएको बताए । उद्योगी राठौरले संघको सहयोग प्रति आभार व्यक्त गरे । कार्यक्रमको संचालन महासचिव यादव गैरेले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।