ताजा अपडेट »

पाटेबाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

मंगलबार, १८ जेठ २०७८, ०७ : ०५
4 Shares

बर्दिया । बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाकाे ज्यान गएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका-५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो ।

थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिककाे राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल-भारत सीमा नजिकै रहेकाे सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए।

डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगिसकेका र मृतक महिलाको शव फेला परिसकेको प्रहरीले जनाएकाे छ। दिउँसै बाघकाे आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।