ताजा अपडेट »

थप ४ हजार ७६२ जना कोरोना, ६ हजार ४९१ निको

सोमबार, १७ जेठ २०७८, १८ : २८
2 Shares

बुटवल । पछिल्लो २४ घण्टामा ४७६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै ६४९१ जना संक्रमणमुक्त भएका छन् । यस्तै ११४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १७ हजार ४८० जनामा परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगको छ । यस्तै सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० जना रहेको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७३८६ रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।