ताजा अपडेट »

एकैदिन रुपन्देहीमा ८९० संक्रमित निको, १४७ मा संक्रमण

सोमबार, १७ जेठ २०७८, १७ : २५
2 Shares

बुटवल । रुपन्देहीमा कोरोनाको दोस्रो लहर सु्रु भएपछि आज सबै भन्दा धेरै संक्रमित निको भएका छन् । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ५३८ जनाको कोरोना परीक्षण गर्दा १४७ जनामा संक्रमण पुष्टि भएको भने ८९० जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य कार्यालय रुपन्देहील जनाएको छ । जिल्लामा हिजो ५१ जनामा संक्रमित थपिएका थिए भने ३०३ संक्रमणबाट मुक्त भएका थिए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा ३६/३६ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी देवदह नगरपालिकामा १९ जना, सियारी गाउँपालिकामा ११ जना, सैनामैना नगरपालिकामा १० जना, सिद्धार्थ नगरपालिकामा ९ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६ जना र अन्य पालिकामा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ५३१ पुगेको छ । जसमध्ये २३ हजार ९५५ जना निको भएका छन । हाल जिल्लामा २ हजार १३९ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पहिला छुटेको विवरण र पछिल्लो २४ घण्टामा गरी थप १६ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४३७ पुगेको छ ।

https://www.globalaawaj.com/archives/109582
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।