ताजा अपडेट »

एसिड

सोमबार, १७ जेठ २०७८, १६ : ५१
18 Shares


आउ सुकेर बसेका ती गल्लीका मान्छेरुपी पत्करहरुलाई जलाउ
यो निर्दोष अनुहारमा के राख्या छ?

गर्भदेखि नै खतराको सामना गरेकी छु ,
उमेरसँगै हरेक समय पलपल मरेकी छु ।
आज गाजल, टिकि, फुली, झुम्का लाउने ठाऊँ छैन ।
हँसिलो मुस्कान देखिने त्यो ओँठको तलाउ छैन ।।

आऊ ती झुकेर बसेका समाजका मौनतालाई जलाऊ,
यो निर्दोष अनुहारमा के राख्या छ ?
जलेको अनुहार बोकी म निस्किएँ न्याय माग्न त्यो चौकीमा ,
त्यो अड्डा अदालत त धाएकी थिएँ ।

तर, अफसोँच न्याय बिक्यो मेरो अनुहार श्रृङ्गार गर्नेको हातमा,
तिमी आज त्यहीँ गल्लीमा महापुरुष ठहरिएका छौँ ।
जुन गल्लीमा मैले महिला हुनुको सजाय पाएकी थिएँ,

तिम्रो प्रहारले अनुहार जलेपनि बद्नाम हुन्न म ।।

तिमीले दिएको कुरुपताले भित्रको सुन्दरतामा कमी आउँदैन ,
नयाँ चेतना , नयाँ सोचको बिरुवा लगाऊ ।
यी निर्दोष अनुहारमा के राख्या छ ?
आऊ निच सोँचहरुलाई एसिड खन्याएर जरादेखिनै जलाऊ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।