१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

चितवन । कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ । आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अण्डा बिक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुर्याउन कठिन भएको बताउँछन् । दैनिक एक लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै सङ्ख्यामा कृषकको अण्डा सङ्कलन गरेर दाउन्नेले देशभर बिक्री गर्दै आएको छ । देशकै सबैभन्दा ठूलो सञ्जालसहितको सप्लायर्स दाउन्ने भएको जानकारी दिँदै उनले आफूले पालो मिलाएर मात्र अण्डा दिन सकेको बताए ।

Advertisement

उनले भने, “बिक्रेताले मागेकै दिनमा अण्डा दिन सक्ने अवस्था छैन ।” माग बढेकै कारण उत्पादनले पु¥याउन कठिन भएको व्यवसायी बताउँछन् । निषेधाज्ञामा घरमा रहेकाहरुले अण्डाको उपयोग बढाएको पाइएको छ । पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महिना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको छ । यद्यपि पहिलेको तुलनामा पुग्न सकेको छैन । अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागिसमेत सहयोगी हुने भएकाले उपभोग बढेको बताउँछन् । उनले भने, “किराना पसल खुल्दा सबैको हातहातमा अण्डाको क्रेट देख्न सकीन्छ ।” आफूलाई विभिन्न जिल्लाबाट अण्डाको माग हुने गरेको उनको भनाइ छ । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थमा भारी वृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उनले जानकारी दिए ।

वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी कोरोना सङ्क्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा (कम्प्लिट प्याकेज) अण्डामा पाइने बताउँछन् । एशियाका देशमा खाने खानामा कार्बोहाइडे«ट बढी हुने भन्दै उनले अण्डामा कम हुने र प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताए । शरीरले नबनाउने र बाहिरबाट लिनुपर्ने आवश्यक एमिनो एसिडको नौवटै तत्व अण्डामा पाइने भरतपुर अस्पतालका अध्यक्षसमेत रहेका अधिकारीले जानकारी दिए । उनले भने, “रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डा उपयुक्त हुन्छ ।”

कृषकको भनाइमा हाल दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुन्छ । यो सङ्ख्या घटेर २४ लाखमा झरेको थियो । पहिले बढेको समयमा ३५ लाख पुगेको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष शिवराम केसीले पानी परेर गर्मी घटेपछि अण्डा बढेको जानकारी दिए । घरमा बसेकाहरुले सुरक्षित पौष्टिक आहारका रुपमा अण्डालाई लिएको उनको भनाइ छ । निषेधाज्ञामा देशभर अण्डा रोकटोक नभएकाले सबैले अण्डा पाउन सकेका छन् । उनले भने, “अण्डाको पौष्टिक तत्वका बारेमा बुझ्ने, नबुझ्ने सबैले खाएका छन् ।” होटेल, रेष्टुरेन्ट नखुल्दा र भोजभतेर नहुँदासमेत खपत राम्रो भएको केसी बताउँछन् । पहिले बाहिर खानेले अहिले घरमा खाइरहेको उनको भनाइ छ ।

माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । हाल फार्ममा प्रतिक्रेट (३० वटा) ठूलो अण्डाको मूल्य रु ३७० पर्दछ । मध्यमको मूल्य रु ३५५ रहेको छ । देशभरमा लेयर्स कुखुरा पाल्ने कृषकको सङ्ख्या दुई हजार ८०० हाराहारीमा छन् । उनीहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ७५ हजार हाराहारीले रोजगारी पाएको केसी बताउँछन् । नेपालमा पोल्ट्री क्षेत्रमा रु एक खर्ब ५० अर्ब हाराहारी लगानी भएको भन्दै उनले त्यसको २५ प्रतिशत लेयर्स फार्मिङमा भएको जानकारी दिए । नेपाल कुखुराजन्य पदार्थमा आत्मनिभर रहेको छ । साना किसानदेखि एउटै व्यावसायिक समूहले दुई लाखसम्म कुखुरा पालेको केसीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को