१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५० यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

तर भारतमा दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार १२८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख २९ हजार १०० जनाको ज्यान गएको छ । भारतमा हाल कोभिड–१९ का २० लाख २६ हजार ९२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ३८ हजार २२ ब्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।

भारतमा हालसम्म ३४ लाख ३१ हजार ५४ हजार व्यक्तिको कोरोना परिक्षण गरिएको सरकारी स्रोतले जानकारी दिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म कूल २१ करोड ३१ लाख ५४ हजार डोज खोप लगाइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही-५ को कञ्चनमा सांसद बासुदेव घिमिरेको सम्पर्क कार्यालय बुटवलको कालिका क्याम्पसमा वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रम तिलोत्तमाको विद्युत प्राधिकरण नयाँ मिल वितरण केन्द्रको नयाँ भवनबाट सेवा शुभारम्भ अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी शुभकामनासहित धनराजलाई पद्माको सुझाब : ‘आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्’