ताजा अपडेट »

सरकारले अंगे्रजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने

सोमबार, १७ जेठ २०७८, १२ : ०५

काठमाडौँ । ‘समृद्धिका लागि सञ्चार’, ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तरराष्ट्रिय समुदायमा पुग्दैछ’ भन्ने नाराका साथ समृद्ध नेपालको सञ्चार पहुँच अन्तराष्ष्ट्रिय समुदायमा पुयाउन सरकारले अंगे्रजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने भएको छ । शनिबार प्रस्तुत बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल शुरु गरिने घोषणा भएको हो ।नेपाली टेलिभिजन प्रसारणका इतिहासमा सो च्यानलले अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझ्ने गरी सामग्री प्रस्तुत गर्ने कुरा पहिलो कदमका रुपमा लिइएको छ । च्यानलले नेपाल टेलिभिजनको प्रसारणलाई अन्तराष्ट्रियस्तरमा पुयाउने छ ।

च्यानल सञ्चालनका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेको छ । ‘नेपाल टेलिभिजनको प्रसारणलाई अन्तरराष्ट्रियस्तरमा पुयाउन एनटिभी वल्र्ड च्यानल सञ्चालनमा ल्याइनेछ’, नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा भनिएको छ । अन्तरराष्ट्रिय समुदायसँग नेपालको सीधै पहुँचन भएकाले छिट्टै सञ्चालन हुने ‘एनटिभी वल्र्ड’ सहज माध्यम बन्ने विश्वास लिइएको छ । आफ्नै सञ्चार पहुँच नहुँदा नेपालबारे बेलाबेला उत्पन्न हुने भ्रमले देशको पर्यटन क्षेत्रलाई समेत प्रभावित तुल्याएको छ ।

“‘समृद्ध नेपाल ः सुखी नेपालीको सन्देश अन्तरराष्ट्रिय समुदायमा अहिलेसम्म पुग्ने माध्यम छैन, नेपाली टेलिभिजनको इतिहासमा एनटिभी वल्र्ड च्यानलमार्फत पहिलो पटक अन्तरराष्ट्रिय समुदायसँग पहुँच पुग्नेछ”,सरकारका प्रवक्ता पार्वत गुरुङले भने । सञ्चारको संसार भन्ने मान्यतासहित सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने नीतिअनुसार सरकार अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले बताए ।
इन्टनेटको पहुँच तीव्रसरकारले जनताको सहज पहुँचका निम्ति डिजिटल नेपाल पे्रमवर्कलाई कार्यान्वयन गरिने बताएको छ । ‘समृद्धिका लागि सञ्चार’ भन्ने मुख्यध् येय भएको उल्लेख गर्दै प्रवक्ता गुरुङले भने, “समृद्धिका लागि सञ्चार र सूचनामा सबैको सहज पहुँच अनिवार्य हो । यसका लागि अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने छौंँ ।”

सुशासन र पारदर्शिताका निम्ति स्थानीय तहको केन्द्र, वडासम्म ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको काम सरकारले अघि बढाएको छ । सो कार्यक्रम मन्त्रालयबाट कार्यान्वयन भइसकेको छ । हाल आठ जिल्लाका स्थानीय तहसँग ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार भइसकेको छ ।
इन्टरनेटका माध्यमबाट शिक्षा र स्वास्थ्यमा जनताको सहजताका लागि सामुदायिक विद्यालय, क्याम्पसमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार शुरु गरिएको छ । सो कार्यका लागि सरकारी निकायबाट प्रदान गरिने सेवा सेवाग्राहीले नागरिक एप्सबाटै प्राप्त गर्ने छन् ।कोभिडपीडित पत्रकारलाई सम्बोधन कोभिड–१९ प्रभावित पत्रकारको समस्यासमेत सरकारले सम्बोधन गरेको छ । कोभिड–१९ का नाममा बेरोजगार बन्न पुगेका पत्रकारका लागि सरकारले ‘लेखनवृत्ति’को व्यवस्था गरेको छ ।त्यसैगरी श्रमजीवी पत्रकारका लागि रु सात लाखसम्मको दुर्घटना बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने सरकारले घोषणा गरेको छ । बीमाका हकमा बीमा प्रिमियमको ५० प्रतिशत सरकारले बेहोर्ने छ ।

नेपाली पत्रकारको दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानलाई आगामी आर्थिक वर्षभित्र स्थापना गरिने सरकारले घोषणा गरेको छ । लामो समयदेखि नेपाली पत्रकारका साझा व्यावसायिक संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रतिष्ठान स्थापना गर्न माग गर्दै आएका थिए ।प्रेस संग्रहालय बन्ने नेपाली प्रेस र पत्रकारितासम्बन्धी विभिन्न कालखण्डमा भएको प्रविधिको विकासलाई जीवन्त राख्न प्रेस संग्रहालय स्थापना गरिएको छ ।सरकारी निकायबाट प्रदान गरिने विज्ञापनमा सबै प्रकारका सञ्चारमाध्यमको पहुँच पुग्ने व्यवस्था गरिएको बजेटमा घोषणा गरिएको छ जसमा छापा, विद्युतीय टेलिभिजन, रेडियो, अनलाइन सबै पर्ने छन् ।जनताको मनोरञ्जन र मुलुकभरका पर्यटकीय, सांस्कृतिक, धार्मिक क्षेत्रको समेत प्रचारप्रसार हुने उद्देश्यसहित सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गर्ने कुरा सरकारले शनिबारको बजेट भाषणमा समावेश गरेको छ ।

रासस
लेखकको बारेमा
रासस