ताजा अपडेट »

रुपन्देहीमा थपिए ५१ संक्रमित, ३०३ निको

आइतबार, १६ जेठ २०७८, १८ : ०७
4 Shares

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा अवधिमा ३१३ जनाको कोरोना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको भने ३०३ जना कोरोनाबाट मुक्त भएका छन् । जिल्लामा हिजो १०३ जनामा संक्रमित थपिएका थिए भने ३७० संक्रमणबाट मुक्त भएका थिए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १० जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी तिलोत्तमा नगरपालिकामा ९ जना, देवदह नगरपालिकामा ७ जना, सिद्धार्थ नगरपालिकामा ६ जना, सैनामैना नगरपालिकामा ५ जना, गैहहवा गाउँपालिकामा ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका र शुद्धोधन गाउँपालिकामा २/२ जना, कञ्चन गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ३१९ पुगेको छ । जसमध्ये २२ हजार ७६२ जना निको भएका छन । हाल जिल्लामा २ हजार ८३३ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप५ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४२१ पुगेको छ ।

https://www.globalaawaj.com/archives/109320
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।