ताजा अपडेट »

गुल्मीमा अनैतिक कार्यमा संलग्न भएको आरोपमा दुई प्रहरी निलम्बित

आइतबार, १६ जेठ २०७८, १७ : ३५
8 Shares

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अनैतिक सम्बन्ध राखेको आरोपमा पक्राउ परेका दुई प्रहरी निलम्बित भएका छन् । जिल्लाको हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले निलम्बन गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए । ‘घटना बारे अनुसन्धान भइरहेको छ, अनुसन्धानको म्याद ६ महिनासम्म पनि हुन सक्छ वा त्यो भन्दा बढि पनि हुन सक्छ । त्यतिञ्जेलसम्म उनीहरु घरमै बस्ने छन् ।’-पाण्डेले भने । कानून अनुसार उनीहरुले निलम्बिन भएको अवधिमा आधा मात्रै तलव पाउने व्यवस्था छ । यही जेठ ७ गते राति आपत्तिजनक अवस्थामा फेला परेको भन्दै स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

https://www.globalaawaj.com/archives/108285
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।