ताजा अपडेट »

पैसाले को बाँच्यो र !

बुधबार, १२ जेठ २०७८, १७ : ५५
16 Shares

एक जोर गहना बन्धक राखेर
एक बुँद अक्सिजन
सापटीमा ल्याउँदापनि
सुन्तलीले श्रीमान जोगाउन सकिनन् ।

लालपूर्जा बैंक धितो राखेर
निकालेको पौने ५ लाखले
प्लेन चार्टर गरेर
अस्पताल पुर्याउँदा पनि
सन्तरामले आफ्ना बुवा बचाउन सकेनन् ।

जीवनभर कमाएर संसारभर छरेका
ईटालिका डा. जोसेफ
६ जना डाक्टरको रोहबरमै
देहलिला त्याग गरे ।

त्यसैले,
पैसा हुनेहरुको लागि मात्रै
यो संसार होइन,
जीवनभर कारमा चढेर,
ब्राण्डेड पहिरनमा
तिम्रा परिकारहरु
सबै निरर्थक हुन्
अन्तिम सत्य त मृत्यु नै हो ।।

न आफन्त समातेर रुन पाउँछन्
न हातले सुम्सुम्याउन,
न पार्थिव शरीरमा फूल माला चढाउन
प्लास्टिकले बेरिएर बुल्डोजरले च्याँप्दै
खाडल भित्र फालेपछि
यही हो मेरो मान्छे भन्नुभन्दा
यो मृत्युको सिजनमा
बाँच्नु र बचाउनु नै
अन्तिम सत्य हो ।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।