ताजा अपडेट »

कोरोना कहरका बीच एकपछि अर्को रेकर्ड : हालसम्मकै सर्वाधिक कारोबार

सोमबार, १० जेठ २०७८, १७ : ०२
4 Shares

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा १३ अर्ब १७ करोड ५३ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७७ जेठ ५ गते बुधबार ११ अर्ब ९५ करोड ८० लाख बराबरको करोबार भएर नेप्सेले नयाँ रेकर्ड कायम गरेको थियो ।   

आज नेप्से ३.५ अंकले बढेर दुई हजार आठ सय २३ दशमलब ५ विन्दुमा पुगेको छ । आज कारोबार भएका समूहमध्ये ८ वटा समूह घटेका छन् भने अन्य समूह बढेका छन् । नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा उछाल आएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बरुण हाइड्रोपावर कम्पनी, युनाईटेड इदी मर्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक, अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् । 

त्यसैगरि, आज एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।