ताजा अपडेट »

लुम्बिनीका प्रतिपक्ष गठबन्धनद्वारा मुख्यमन्त्री नियुक्तदेखि सांसद्हरुको हस्ताक्षरसहितका कागजपत्र माग

सोमबार, १० जेठ २०७८, १५ : ०३
4 Shares

बुटवल । लुम्बिनी प्रदेश सभामा सरकार बाहिरका गठबन्धनका सांसदहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्तदेखि सांसदहरुको हस्क्षारसम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयमा माग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले विरुद्ध अविश्वास प्रस्तावमा हस्तक्षर भएका प्रदेश सभा सदस्यहरु हस्ताक्षर सहितको व्योहरा माग प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा र सूचनाको हक सम्बन्धी २०६४ दफा ३ वमोजिम माग गरिएको छ।

नेपाली काँग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री , माओवादी सचेतक पार्वती पून , जसपा सचेतक पुर्मति ढेंगा र राजमो नेता तारा जिसीले प्रदेश प्रमुखको कार्यालयमा लुम्बिनी प्रदेश प्रमुखले डाँकेको प्रदेशसभा विशेष अधिवेशन सम्बन्धी पत्र,प्रदेश सरकार मुख्यमन्त्री शंकर पोखरले दिएको राजीनामा अन्य कागजपत्र मागको माग आज गरिएको छ ।

अधिवेशन अन्त र शंकर पोखरेलले एमाले संसदीय दलको नेता रुपमा बैशाख १९ गते प्रदेश सभा सदस्यहरुको हस्ताक्षर सहितको निवेदनसँगै पुन नियुक्त कागजपत्र माग गरिएको छ । यस्तै कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त प्रस्ताव सहित हस्ताक्षर निवेदन सहित अन्य कागजपत्र माग गरिएको सचेतक निर्मला क्षेत्रीले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।