ताजा अपडेट »

गुल्मीका पत्रकारहरुको अभियान देशकै उदाहरणीय कार्य : चन्द्र भण्डारी

सोमबार, १० जेठ २०७८, ११ : ३१
4 Shares

गुल्मी । नेपाली कांग्रेसका केन्द्रि सदस्य तथा पुर्व सांसद चन्द्र भण्डारीले नेपाल पत्रकार महासंघ गुल्मीले सञ्चालन गरेको अक्सिजन अभियान सिङ्गो देश कै उदाहरणिय कार्य भएको प्रतिकृया दिएका छन् ।

सोमबार नेपाल पत्रकार महासंघ गुल्मीले गुल्मी अस्पताललाई जिल्लामै अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग अभियानबाट संकलित ६० लाख रुपैयाँ हस्तान्तरण गर्न लागेकोप्रति हर्ष प्रकट गर्दै नेता भण्डारीले भने-‘नेपाल पत्रकार महासंघ परिवार र अक्सिजन अभियानमा जोडिने जिल्लाका सबै पत्रकार तथा सहयोगदाता तपाईहरु सबै बधाईका पात्र हुनुहुन्छ, तपाईहरुले देशकै उदाहरणिय कार्य गर्नु भएको छ, मेरो पनि सहयोग रह्यो र रहँदै जाने छ । ’

नेता भण्डारीले गुल्मीका पत्रकारहरुले बास्तवमै राष्ट्रको चौथो अंगले जुन दायित्व निभाउनु पर्दर्छ त्यो दायित्व निभाएको र यस बिषयमा आफूले नेपाल सरकारलाई दिएको ९ वटा सुझाव मध्ये नेपाल पत्रकार महासंघले सञ्चालन गरेको अक्सिजन अभियानलाई साथ दिनका लागि दिएको सुझाव एक भएको बताए । उनले स्थानीय सरकार रेसुङ्गा नगरपालिकासंग समन्वय गरेर अक्सिजन प्लान्ट स्थापना गरे दिगोपन हुने सुझाव दिए । नेता भण्डारीले नेपाल पत्रकार महासंघले अक्सिजन अभियान सुरु गरे लगत्तै देश विदेशमा रहेका प्रवासी संघ-संस्थाहरुसंग समन्वय गरेर सहयोग संकलनमा महासंघसंगै अभियान्ताको भुमिका निभाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।