ताजा अपडेट »

‘आयुर्वेदिक औषधि र योगाले अक्सिजन बढाउन सकिन्छ’(भिडियाे सहित)

सोमबार, १० जेठ २०७८, २१ : २०
26 Shares


बुटवल । कोरोना भन्नासाथ पछिल्लो समय धेरैको मुटु काप्छ । कारण हो कमजोर मानसिकता । कोरोनाकै कारणले मात्रै भन्दापनि मनोबल कमजोर बनाउँदै गर्दा मृत्यु भएका केही घटनाहरू बाहिर आउँदा होम आइसोलेसन र संस्थागत आइसोलेसनमा बसेकाहरूले योगा र आयुर्वेदलाई मुख्य प्राथमिकतामा राख्न थालेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिकाले पनि आयुर्वेदलाई प्राथमिकतामा राखेको छ । यस्तै जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाहरूले आइसोलेसन र होम आइसोलेसनमा बसेकाहरूलाई आयुर्वेदिक औषधि औषधीहरू उपलब्ध गराउँदै आएका छन्। 

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका वैध विष्णुहरि आचार्य पहिलो कोरोनाको समयमा एन्फा आइसोलेसनमा गएर बिहानमा योगा गराउँथे । त्यसैले उनी काेराेना पराजित गर्नमा योगा र आयुर्वेदको महत्वपूर्ण स्थान हुने बताउँछन । उनका अनुसार नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जेका परिकार सेवन गर्नेको सङ्ख्या बढिरहेको उनले जानकारी दिए । परिवारमा कोरोना सङ्क्रमितहरू हुँदै गर्दा सम्पूर्ण परिवारले आयुर्वेदिक औषधि लिनको लागी आउने गरेको उनले जनाए । उनले भने - ‘आयुर्वेदिक औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाव व्यवस्थापनका लागि समेत उपयोगी मानिन्छ, त्यसैले पनि पछिल्लो समय विश्वास बढेको छ ।’

दोस्रो लहरको कोरोना चलिरहँदा आम नागरिकहरू होम आइसोलेसनमा बस्दा झ्यालढोका र त्यसमा लगाइएको पर्दा खुल्ला राखेर बस्नुपर्ने हुन्छ, तर त्यसो नहुँदा अक्सिजनको कमी धेरैमा देखिएको बताए । उनले यस्ता बिरामीहरूलाई शरीरमा अक्सिजनको लेबल घट्न नदिनको लागि योगा सिकाइ जनचेतना फैलाईरहेको बताए । उनले भने - ‘अक्सिजनको सन्तुलन कायम राख्नको लागि डिप ब्रिथिङ जस्ता योगा महत्वपूर्ण हुन्छ । यसमा योग प्रणयामका बिधिहरुलाई मिडिया मार्फत घरघरमा लिएर पुग्ने गरेका छौँ । यसमा लामो श्वास लिएर केही समय रोक्ने अनी केही समय छोड्ने अनि केही समय रोकिने गर्दा शरिरमा अक्सिजनको सन्तुलन हुन्छ ।’

साथै जनतामा घटेको आत्मबललाई बढाउनको लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेदिक निर्देशिका र लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका अनुसार आयुर्वेदिक औषधि वितरण गर्ने गरेको बताए । उनले गुडुचि चुर्ण, मुलेखी चुर्ण, त्रिकटु चुर्णको मिश्रणबाट एक चुर्ण बनाएको बताउँदै यसकाे चिया खानाले रोगप्रतिरोधात्मक क्षमता बढाउने र यो भाइरल पनि भएकोले एकहदसम्म एन्टिभाइरल काम गर्ने बताए ।

धेरै योगा गर्दा पनि समस्या हुने भएको बताउँदै उनले जानेको व्यक्ति तथा चिकित्सकको सल्लाह बमोजिम मात्रै गर्न सुझाब समेत दिएका छन् । उनले दोस्रो लहरको कोरोनाको समयमा स्वास्थ्यकर्मी भन्दा पनि बाहिरका ब्यक्तिहरु जो फर्जि डकुमेन्ट लिएर बेच्दै हिडेका छन् यसले आयुर्वेद प्रतिको विश्वास जनतामा घटेपनि कोरोनाबाट भने बढेको बताए । नेपाल सरकारको मान्यताप्रप्त व्यक्ति र संघ संस्थाबाट र मापदण्ड पुगेका सामाग्रीहरु मात्र प्रयोग गर्न उनले आग्रह समेत गरेका छन् । 

कोरोना भाइरस पुष्टि भई लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएकालाई मनोसामाजिक परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने आहार-विहार (योग, ध्यान, नृत्य, हाँस्य विधि) तथा स्थानीयस्तरमा उपलब्ध जुडीबुटीबाट निर्मित औषधिको सेवन गरेमा छिटो निको हुने उनको भनाई छ । गुर्जो, अमला, अश्वगन्धा चूणर्, महासुदर्शन चूणर्लगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोग गर्न आफुहरुले नियमित रुपमा सुझाव दिँदै आएको बताउँदै यसको ब्यवस्थापन लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलले गर्दै आएको उनले जानकारी दिए ।

भिडियाे हेर्नुहाेस्-

आचार्य प्रदीप
लेखकको बारेमा
आचार्य प्रदीप