ताजा अपडेट »

माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

शनिबार, ०८ जेठ २०७८, १९ : ०९
6 Shares

काठमाडौँ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई स्पष्टिकरण सोध्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बसेको आकस्मिक स्थायी समिति बैठकले पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको आरोपमा नेपालसहितका सांसदमाथि कारवाही गर्ने निर्णय गरेको हो ।

यी हुन् स्पष्टीकरण सोधिएका सांसदहरु

१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. भीमवहादुर रावल
४. मुकुन्द न्यौपाने
५. रामकुमारी झाँक्री
६. सरला यादव
७. पुष्पाकुमारी कर्ण
८. कलिला खान
९. निरादेवी जैरु
१०. लक्ष्मी कुमारी चौधरी
११. कल्याणी खड्का

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।