ताजा अपडेट »

घाइते युवा खेलाडीको उपचारका लागि आर्थिक अभाव

शनिबार, ०८ जेठ २०७८, १६ : ४६
8 Shares

गुल्मी । सरकारका मन्त्री र देशका शिर्ष नेताहरुले नै भन्छन् ‘खेलाडी राष्ट्रका गहना हुन।’ तर जब खेलाडी कतै लडेर गम्भीर घाइते हुन्छ वा बिरामी पर्छ त्यति बेला राज्यको नजरमा ‘चाँहिदाको भाँडो नचाहिँदाको ....’ भन्ने उखान सिद्ध हुन्छ । त्यसको ज्वलन्त उदाहरणका पात्र बनेका छन यति बेला गुल्मीबाट राष्ट्रिय स्तरसम्मको प्रतियोगितामा भाग लिएका एक जना फुटवल खेलाडी । जिल्ला सत्यवती गाउँपालिका वडा नम्वर ३ ठुलोलुम्पेक पुर्खेयौली घर भई लामो समयदेखि सदरमुकाम तम्घासको खानीगाउँमा बस्दै आएका फुटवल खेलाडी मोहन तरामु शुक्रवार छल्दीपनाह खोलमा पौडी खेल्ने क्रममा ढुङ्गामा टाउको बजारिएर गम्भीर घाइते भएका थिए ।

उनलाई गुल्मी अस्पतालमा उपचार सम्भव नभए पछि बुटवलको तिनाउ अस्पलातमा लगेर भर्ना गरिएको छ । उनका बाबु पुर्णबहादुर तरामु माओवादी जनयुद्धदेखि राजीनितमा निष्ठापूर्वक लाग्दै आएका छन्। ईमान्दार र निष्ठावान उनले कहिल्लै आफुले कमाउने सोँच राखेनन ।
पछिल्लो चरण विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय उृनी आर्थिक समस्याले ग्रसित हुँदै आएका छन्। तम्घास खानीगाउँ चौराहमा सामन्य किराना पसल राखेर छोराछोरी हुर्काउने पढाउने गर्दै आएका तरामु शुक्रबार छोरा गम्भीर घाइते भएपछि आर्थिक अभावका कारण चन्दा संकलन गर्न बाध्य भएका छन ।

त्यस अस्पतालमा भर्ना भएका तरामुको टाउको र घाँटीको उपचारमा ८ लाख भन्दा बढि खर्च हुने भनिएपछि चन्दा उठाउने अभियानमा आफूहरु लागेको उनका साथी दिनेश पाण्डे बताउँछन । जिवन मृत्युको दोसाँधमा रहेका उनलाई बचाउन जिल्लाका पत्रकारहरु पनि यतिबेला सक्रिय भएका छ । नेपाल पत्रकार महासंघ गुल्मीले संस्थागत रुपमा तत्काललाई २५ हजार रुपैयाँ सहयोग गर्ने महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए ।त्यस्तै तम्घास कै पुल्चोक युवा स्र्पोट क्लवले पनि सहयोग गर्ने घोषणा गरेको छ । फुटवल खेलको क्षेत्रमा जिल्ला कै एउटा गहना हुन मोहन बस्नेत जसले क्षेत्रिय र राष्ट्रिय खेलकूद प्रतियोगितामा गुल्मीवासीको शिर उचो पार्दै आएका छन् । उनै खेलाडी यति बेला आर्थिक अभावका कारण जिवन मरणको दोसाँधमा छन् ।

यस्तो बेला उनको उपचार खर्च राज्यले नै उपलब्ध गराउनु पर्ने सरोकारवालको धारणाा छ । तर, सरकारी निकायको ध्यान जान सकेको छैन । जिल्लाको सदरमुकामा थुप्रै युवा क्लव छन् । ती क्लवले विभिन्न प्रतियोगता थुप्रै पटक नगद पुरस्कार पाउँछन तर, त्यो रकमले तामझामका साथ पिकनिक गरेर खर्च गरिन्छ । तर, कुनै पनि क्लवले विपद कोष स्थापना गरेको पाईदैन । यस घटनाले क्लवहरुलाई त्यसतर्फ साँेच्न पनि पाठ सिकाएको छ ।जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली बिश्वकर्माको ध्यानकृष्ट गराउँदा उनले अहिले समिति नभएको खाता पनि सञ्चालनमा नआएकोले सरकारी तहबाट सहयोग गर्न नसकिने तर, ब्यक्तिगत रुपमा सहयोग संकलनमा जुट्ने बताए। तरामुका परिवाजनले सबै संग सहयोगको अपिल गरेका छन् ।

सहयोगको लागि...

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।