ताजा अपडेट »

रोटरी क्लब भैरहवा र लुम्बिनीको समन्वयमा सिद्धार्थनगरलाई स्वास्थ्य सामग्री

शुक्रबार, ०७ जेठ २०७८, १४ : १८
10 Shares

बुटवल । रोटरी क्लब अफ भैरहवा र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले हिमालयन डिस्टिलरीसँग सहकार्य गर्दै स्वास्थ्य सामाग्री सहयोग गरेको छ । ती क्लबहरुले हिमालयन डिस्टिलरीको सहयोगमा शुक्रबार सिद्धार्थनगर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

नगरपालिकाका कार्यालय प्रमुख तुलसी मरासिनी तथा रोटरी डिस्ट्रिक ३२९२ का जोन २० का असिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको उपस्थितीमा नगरपालिकालाई अक्सिजन कन्सट्रेशन ३ थान, पीपीई ४० थान, अक्सि मिटर ३ थान तथा अक्सि रेग्युलेटर ३ थान प्रदान गरिएको थियो ।

सो अवसरमा रोटरी क्लब अफ भैरहवाका तर्फबाट संजीब शर्मा रेग्मी, शैलेश कुमार पन्त र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका तर्फबाट खेम कार्की तथा जितेन्द्र नाथ शर्माको उपस्थिति रहेको थियो । यसैगरी सिद्धार्थनगर-८ का अध्यक्ष राजनजंग राणा, १२ का अध्यक्ष करुन्जन श्रेष्ठ, वडा नम्बर १३ का सतीस मरासिनी, वडा नम्बर ५ का अध्यक्ष चेत बहादुर क्षेत्री लगायतको उपस्थिती रहेको थियो । हालसम्म हिमालयन डिस्टिलरीले नगरपालिकालाई अक्सि कन्सट्रेशन ६ थान उपलब्ध गराइसकेको जनाएको छ ।

https://www.globalaawaj.com/archives/106913
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।