ताजा अपडेट »

राष्ट्रपतिको कदम षडयन्त्रपूर्ण : शान्ति समाज

शुक्रबार, ०७ जेठ २०७८, १३ : ५६
6 Shares

बुटवल । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति बिद्यादेवी भण्डारीको कदमलाई षडयन्त्रपूर्ण भन्दै आलोचना गरेको छ । त्यस्तै प्रधानमन्त्रीको नियत सन्देहास्पद रहेको उसको दाबी छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि जेठ ७ गते साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेको सम्वन्धमा समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका सभापति गोविन्द खनालले एक विज्ञप्ति जारी गर्दै भनेका छन् –‘प्रधानमन्त्री ओलीले राजिनामा नदिनु सन्देहास्पद एवं आपत्तिजनक छ भने प्रधानमन्त्रीले विश्वास मत पनि नलिएको र राजीनामा पनि नदिएको अवस्थामा प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि राष्ट्रपतिले आह्वान गर्नु षडयन्त्रपूर्ण छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।