ताजा अपडेट »

वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन मौसम विभागको अपिल

शुक्रबार, ०७ जेठ २०७८, ०७ : ०७
6 Shares

बुटवल । नेपालको पश्चिमी भूभागमा भएको वर्षाका कारण केही नदीमा वहाव बढ्ने भन्दै सतर्कता अपनाउन मौसम विभागले आह्वान गरेको छ ।डडेलधुराको रंघुन पन्तुरागाड नदीजलाधारमा पछिल्लो १२ घन्टामा भारी वर्षामापन भएको विभागले शुक्रवार बिहान जनाएको छ ।

विभागले सो क्षेत्रमा थप वर्षा हुने देखिएको भन्दै रंघुनको महाकाली दोभानसम्मको क्षेत्रमा मध्यान्हसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

सामुद्रिक आँधीको प्रभा विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा वर्षाको कारण सुदूरपश्चिम, कर्णाली,लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भुभाग भई बहने ससाना नदीमा पानीको बहाब बढ्ने भन्दै सतर्कताका लागि मौसम विभागले आह्वान गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।