ताजा अपडेट »

सडकको बीचमै रूख राखेर कालोपत्रे गर्ने तयारी

बुधबार, ०९ माघ २०७५, १३ : ३२
10 Shares

माघ १०,
धनगढी । सडक कालोपत्र गर्न गिटी बिच्छ्याइएको छ, रोलिङसमेत भइसकेको छ । तर, सडकभरि रूखैरूख छन् । सघन सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन धनगढी क्षेत्रआसपासका ग्रामीण बस्तीका सडक यही हालतमा कालोपत्रे हुँदै छन् ।सडक विभाग र वन विभागबीच समन्वय नहुँदा अनौठो सडक बन्न थालेको हो । तर, सडक बनेपछि दुर्घटना बढ्ला भनेर स्थानीय चिन्तित छन् ।


सघन सहरीअन्तर्गत झन्डै दुई अर्बको लागतमा धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङरोडसहित ९२ किलोमिटर सडक निर्माण भइरहेको छ । संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका अनुसार निर्माणाधीन ९२ मध्ये ४२ किलोमिटर क्षेत्रमा २ सय ८४ वटा सानाठूला रूख छन् । यसरी औसतमा हरेक किलोमिटरमा सडकभित्र ७ रूख पर्छन् । धनगढीको रिङरोडअन्तर्गत पर्ने मनेहरा–जाखोरताल सडकमा मात्रै बीचमै दर्जनौँ रूख छन् । -नयाँ पत्रिका दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।