ताजा अपडेट »

ए झरी

विहीबार, ०६ जेठ २०७८, १८ : १५
46 Shares

ए झरि
भयौ मनभरी
पोखियौ
कति पोखिन्छौ
दर्कियौ
कति दर्किन्छौ
कति लामो यात्राबाट
आज विश्राम गर्दछौ
सायद बङ्गालको खाडीबाट
अनवरत हिड्दैदौडदै
आज अविरल बर्षिरहेछौ
तिम्रो तृप्तिको लागी
हामी कति कुरिरह्यौ
निस्सासिदो गर्मीले
हामी कति टड्पिरह्यौ
मुरि फलाउने सपनामा
मानो रोप्ने बेलामा
तिम्रो आगमन
हाम्रो लागि प्रिय थियो
धर्तीलाई सुन्दर बनाउन
उराठबाट हरियाली बनाउन
तिम्रो तीब्र पर्खाइ थियो
उक्कटुर्र गर्मीले
उकुसमुकुस पार्दा
लामखुट्टे र झिंगाले
खोजीखोजी डस्न खोज्दा
अनगिन्ती रोगब्याधिले
संघीन आक्रमण गर्दा
झरी साच्चै
तिम्रो याद आउछ
हो तिम्रो आगमनले
दुनियाँ सास फेर्न पाउछ
प्रिय झरी!
तिमी आइराख
धर्ती सिन्चित गरिराख
शितलता प्रदान गरिराख !!

इमेल:[email protected]

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।