ताजा अपडेट »

नेपाल–भारत सिमावर्ती क्षेत्रमा गोली लागेर घाइते भएका युवकको मृत्यु

बुधबार, ०५ जेठ २०७८, १३ : २५

परासी । नेपाल–भारत सिमावर्ती क्षेत्रमा गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । गोली लागेर प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर घाइते भएका थिए । बुधबार बिहान पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली चल्दा गोली लागेर घाइत भएका भारको उपचारको क्रममा मृत्यु भएको हो । शसस्त्र प्रहरीको गोली लागेर घाइते भएका राजभरको सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको थियो उपचारको क्रममा नै उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

https://www.globalaawaj.com/archives/107237
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।