९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

पत्रकार भण्डारी र नेपाल प्रेस युनियन कपिलवस्तुको बिज्ञप्ती

कपिलवस्तु । नेपाल प्रस युनियन कपिलवस्तुका सभापति एंव एभिन्यूज खबर टेलिभिजनका कपिलवस्तु प्रतिनिधी गोपाल भण्डारीमाथी प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेल गरेको दुरव्यबहार प्रति युनियनले आपक्ती जनाएको छ । युनियनका जिल्ला सचिव मणि प्रसाद गैेह्रे एक प्रेस विज्ञप्ती जारी गर्दै भण्डारी माथिको दुरव्यबहारले प्रेस स्वतन्त्रता तथा अभिव्याक्ति स्वतन्त्रता माथिको दमन भएको ठहर गरेको छ । कपिलवस्तुका नागरिक समाजको तर्फबाट जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने क्रममा समाचार संकलन गर्दा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले पत्रकर भण्डारीलाई दुरव्यबहार गरेका थिए । समाचार संकलन गर्न जादा फोटो खिच्न पाइदैन ,अनुमित छैन ,किन कार्यालयमा आएको भनेर पाण्डेयले गालि गलज गरेका थिए । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा भएको यो घटना प्रेस तथा अभिव्याक्ति स्वतन्त्रता माथिको दमन भएको युनियले जनाएको छ । घटनाले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रमा विश्वास राख्ने आम संचारकर्मीहरुलाई शंसकित गराएको विज्ञप्तीमा जनाइएको छ । आगामी दिनमा पे्रस तथा अभिव्याक्ति स्वतन्त्रताको ग्यारेन्टि सुनिश्चितको लागि स्थानिय प्रशासन र आम सरोकारवाला संग युनियले माग गरेको छ । यसै विच ज्ञापन पत्र बुझाउन प्रशासन कार्यालय पुगेका पत्रकार भण्डारी माथि गरिएको ज्याजती गलत भएको र यसले प्रेस तथा आम नागरिकलाई शसंकित बनाएको अधिकारकर्मी रवि ठाकुरले बताएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो