ताजा अपडेट »

धान दिवसमा शुभकामना आदान–प्रदान

आइतबार, १५ असार २०७६, १७ : ३०
6 Shares

१६ औ राष्ट्रिय धान दिवसको अवसरमा कृषि पत्रकार समाज प्रदेश ५ को आयोजानमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । कृषि पत्रकार समाज प्रदेश ५ का अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा भएको कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव बैकुण्ठ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा बोल्दै सचिव अधिकारीले खाद्यान्नको उत्पादकत्व वृद्धिको लागि यन्त्रीकरणमा विशेष जोड दिनुपर्ने बताए । उनले नेपालमा खेती गरिने जमिन विस्तारै घट्दैै गएको भन्दै यान्त्रीकरणबाट १५ प्रतिशत सम्म उत्पादन वृद्धि गर्न सकिने जानकारी दिए । प्रदेश स्तरमा ३ लाख ५६ हजार हेक्टर क्षेत्रफलमा खेती हुदै आएकोमा करिव १३ लाख ८४ हजार मेट्रिक टन उत्पादन हुने गरेको सचिव अधिकारीले जानकारी दिए । नेपालको धान उत्पादनमा करिव २४.५ प्रतिशत र क्षेत्रपलका हिसाबले करिव २३.८ प्रतिशत हिस्सा धानलले ओगटेको सचिव अधिकारीको भनाई रहेको छ ।

कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्राल  पशुपंक्षि महाशाखा प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा. प्रदिप शर्मा पौडेल, कृषि विकास महाशाखा प्रमुख श्रीधर ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, मानव अधिकार तथा शान्ती समाज रुपन्देहीका अध्यक्ष डिपी खनाल, डेरी एशोसीयसन प्रदेश ५ संयोजक कृष्ण प्रसाद भट्राई, लुम्बिनी फलफुल तथा थोक व्यवसायी समितिका अध्यक्ष केशव कुँवर, च्याउ उत्पादक किसान संघ प्रदेश ५ का उपाध्यक्ष कृष्ण पोखरेल लगयातको आतिथ्यता रहेको थियो ।

कार्यक्रम कृषि पत्रकार समाज प्रदेश ५ का उपाध्यक्ष अस्मीना पाण्डेको स्वागत तथा सह सचिव विकास पराजुलीको सञ्चालनमा भएको थियो । समाजका प्रदेश अध्यक्ष कृष्ण खनालले अर्को बर्ष राष्ट्रिय धान दिवस किसानकै खेतमा गएर मनाउने योजना बनाएको जानकारी दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।