१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023


भैरहवा । रोहिणी गाउँपालिकाले जिल्लाको सरकारी अस्पताल भिम अस्पताललाई ५ लाख रुपैया सहयोग गरेको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले ५ लाख रुपैँयाको चेक भिम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शकुन्तला गुप्तालाई प्रदान गरेका छन् ।चेक बुझ्दै मेसु गुप्ताले अहिले अस्पताललाई स्थानिय तह लगायत अन्य संघ संस्थाहरुका सहयोग आवश्यक रहेको बताइन् ।

Advertisement

कोभिडको यो महामारीको समयमा अहिले जनशक्ति र अक्सिजनमा अत्याधिक खर्च रहेको बताईन । उनले समयमै सरकारी बजेट आई नपुग्दा अक्सिजनको रकम बुझाउन समेत अप्ठ्यारो भई रहेको बताइन् । यस्तो अवस्थामा रोहिणी गाउँपालिकाको यो सहयोग अति महत्वपूर्ण रहेको बताइन् । उनले माथीबाट बजेट आई पुगे पनि सो रकमलाई अन्य शिर्षकमा खर्च गर्न सक्ने बताइन्। अहिले सम्म रोहिणी गाउँपालिका बाहेक सम्मरीमाई गाउँपालिकाले पनि ३ लाख रुपैया सहयोग गरेको जानकारी दिइन्।

चेक प्रदान गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जिल्ला स्थित सरकारी अस्पतालको संरक्षण गर्नु रुपन्देहीको सबै स्थानीय तहहरुको समान दायित्व रहेको बताए।उनले सरकारी अस्पताललमा कुनै एक पालिकाको मात्र नभई सबै पालिकाका बिरामी उपचार पाउने भएकोले यसको संरक्षणमा सबैका दायित्व हुनुपर्ने जिकिर गरे । उनले रोहिणी गाउँपालिकाले निर्णय नै गरेर अस्पताललाई सहयोग गरेको बताए । ‘यसले अरु पालिकाहरुलाई पनि भिम अस्पताल प्रतिको दायित्व बोध गराउने काम गर्दछ ।’ उनले भने “ अहिले आवश्यक परेको समयमा सहयोग नगरे कहिले गर्ने ?” सहयोग प्रदान गर्ने क्रममा गाउँपालिका अध्यक्ष यादवले अस्पतालमा रहेका रोहिणी गाउँपालिकाका बिरामीका साथै अन्य बिरामीहरुलाई भेटेर उनिहरुलाई आश्वासन दिएका थिए ।

रुपन्देही जिल्लाका सरकारी अस्पतालको रुपमा रहेको भैरहवा स्थित भिम अस्पतालमा अहिले रुपन्देही जिल्लाका सबै पालिकाका मात्र नभई अन्य जिल्लाका पनि कोभिडका बिरामीहरुको उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शकुन्तला गुप्ताले अहिले भिम अस्पतालमा ८१ जनासम्म कोभिडकै बिरामी रहेको र सबै जनाले अक्सिजन लिइरहेको जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ